Odapalika - The Fourth Estate - चौथो अंग
नेप्से ९४.५३ अंकले वृद्धि, २५ अर्ब ७७ करोडको कारोबार 

काठमाडौँ । चालु साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन ९४.५३ अंकले वृद्धि भएको बजार २८६०.९१ विन्दुमा पुगेर बन्द भएको छ । 

आइतबार ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता सेयर किनबेच हुँदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँको कारोबार भएको छ । 

यस दिन २२५ कम्पनीको सेयर मूल्य बढ्दा १६ कम्पनीको घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । 

यस दिन सर्वाधिक जीवन बीमा, बैंकिङ, फाइनान्स, होटेल तथा पर्यटन, हाइड्रो पावर, माइक्रोफाइनान्स, इन्भेष्ट क्षेत्रले कमाएका छन् । 
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update