Odapalika - The Fourth Estate - चौथो अंग
तास खेलिरहेको अवस्थामा सक्किगोनिका ‘इन्स्पेक्ट’ आचार्यसहित ११ जना पक्राउ

काठमाडौँ । नेपाली टेलिसिरियल सक्किगोनिका ‘इन्स्पेक्टर’ कलाकार पुरुषोत्तम आचार्यसहित ११ जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । 

प्रहरीका अनुसार शनिबार साँझ गौरीघाटस्थित काभ्रे बनेपा नगरपालिका–१२ घर भएका ४१ वर्षीय राजु महतको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । 

आइतबार प्रहरीले दिएको जानकारीअनुसार जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७० हजार रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरेको हो । 

पक्राउ परेको कलाकार आचार्य ‘सक्किगोनि’मा इन्स्पेक्टरको भूमिकामा देखिने गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update