Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सेवा कर्मचारी संजालले भेट्यो सामान्य प्रशासन मन्त्री, के भयो उपलब्धी ?

काठमाडौँ । स्थानीय सेवा कर्मचारी संजालले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग भेट गरेको छ ।

संजालका सहसंयोजक इश्वरवहादुर सिंहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री गुप्तासँग मन्त्रालयमा भेटघाट गरेको हो । सो भेटमा संजालले विगतमा सरकारसँग भएका सहमती कार्यान्वयन र निजमती सेवा ऐनमा समावेश गर्नुपर्ने विषयमा छलफल गरेको सहसंयोजक सिंहले जानकारी दिए ।

‘आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूसँग भेटघाट भयो । भेटघाटमा कामकाज सरुवाको पदस्थापन, सरुवा मापदण्डलगायत अन्तर प्रदेश सरुवाको विषयमा गहन छलफल तथा ध्यानाकर्षण गराउने का भयो । मन्त्रीज्यूकै सक्रियतामा ढिलोमा ५ दिनभित्र मन्त्रालयका सचिव, सवै  ट्रेड  युनियनका प्रतिनिधिहरु, स्थानीय सेवा कर्मचारी सञ्जालवाट वढीमा ३ जना प्रतिनिधि, विषयगत समितिका प्रतिनिधिसहित सवै जना बसेर संघीय निजामती सेवा ऐनको विषय, कार्यविधि मार्फत सरुवा भएकालाई पदस्थापन गर्ने विषय, नयाँ सरुवा मापदण्ड लगायतमा छलफल गरेर निष्कर्ष निकाल्ने गरी आजको भेटघाट सम्पन्न भएको छ,’ सहसंयोजक सिंहले वडापालिकासँग भने ।

प्रतिनिधिमण्डलले मन्त्री गुप्तालाई ज्ञापनपत्र पनि बुझाएका थिए । सो ज्ञापनपत्रमा विगतमा सरकारसँग भएका सहमती कार्यान्वयन तथा अब सरकारले गर्नुपर्ने प्रमुख कार्यका विषयमा उल्लेख गरिएको छ ।

dhyanakarshan-1723377980.jpg
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update