Odapalika - The Fourth Estate - चौथो अंग
पूर्वमेयर भीम पराजुलीले देखेका कांग्रेसको प्रस्तावपत्रहरुमा छुटेका १५ विषय

श्रीमान सभापतिज्यू, पदाधिकारीज्यू तथा पूर्व पदाधिकारीज्यूहरू, केन्द्रीय सदस्यज्यूहरू, प्रदेश सभापतिज्यूहरू लगायत सम्पूर्ण साथीहरुमा जय नेपालको अभिवादन टक्र्याउन चाहन्छु । जय नेपाल । 

यस गरिमामय सभाको मर्यादालाई ख्याल गर्दै समय सीमा बुझी म बुँदागत रुपमा नेपाली कांग्रेसको  विभिन्न प्रस्तावपत्रहरूमा छुटेका र केही प्रष्ट पार्नुपर्ने  विषय मात्र संक्षिप्त बुँदागत रूपमा  राख्दछु ।

१. देशमा भएको बस र हवाई दुर्घटना लगायत बाढी पहिरो आदिबाट भएको मानवीय र भौतिक क्षतिबाट प्रभावित परिवारहरू प्रति हार्दिक समवेदना व्यक्त गर्दै निजका परिवारहरूलाई राज्यले आर्थिक सहयोग गरोस् भन्ने माग राख्दछु । 

२.बङ्गलादेशमा भएको सत्ता उलटफेरमा आम जनताको भावनाको कदर गर्दै जुनसुकै अर्थमा पनि लोकतन्त्र  बहाल होस् र यसबाट हाम्रो देशका नेताहरुले पनि मतादेशभन्दा जनभावना बुझेर काम गर्ने प्रेरणा मिलोस् । साथै त्यहाँ  बसोबास गर्ने हिन्दू, बौद्ध लगायत  अल्पसंख्यकको  जनधन, धर्म, कला संस्कृतिमाथि भएको ज्यादती र आक्रमणको घोर भत्र्सना गर्दछु ।  साथै यो संकटको घडीमा त्यहाँ बिचल्लीमा परेका नेपाली विद्यार्थी  र अन्य नेपालीहरूलाई शीघ्रातीशीघ्र सकुशल नेपाल फर्काउन जोडदार माग गर्दछु ।

अतः स्थानीय तहका गाउँ नगर प्रमुखहरूले कुनै बाधा अड्चन काम गर्नका लागि  पाँच सदस्य नीति निर्माण समिति वडा तह र पालिका तहमा बनोस् र जसले अल्पमत र बहुमतको विवादबिना नै निर्वाद ढङ्गले विकासका कार्यक्रम अगाडि बढाउन सकियोस् ।

३. देशको समावेशी प्रणालीमा आधारित संघीयता जनभावना जोड्न ल्याएको अवधारणा भएकोले एकले अर्काको अस्तित्वलाई स्वीकार गरेर हाम्रा परम्परागत चलिआएका धर्म संस्कृतिको संरक्षण र सम्बर्धनमा ठोस कदम नचाल्ने हो भने देश अगाडि बढ्न सक्दैन । अतः करिब ९४ प्रतिशत ओमकार परिवार रहेको नेपाललाई परापूर्व कालदेखि चलिआएको वैदिक सनातन  हिन्दु राष्ट्र घोषणा  गर्न जोडदार माग गर्दछु । र, यसको नेतृत्व नेपाली कांग्रेसले गरोस् भन्नेसमेत  प्रस्ताव राख्दछु ।

४. आज देशमा संघीयता खर्चिलो प्रणालीको रुपमा विकसित हुँदै गएको र यसबाट सिर्जित निराशाले ६२–६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू समानुपातिकता समावेशिताहरू समेत  गुम्ने खतरा भएकोले संविधानको मूल मर्म र भावनालाई कुठाराघात नहुने गरी समानुपातिक र समावेशी प्रतिनिधित्व नघट्ने गरी राष्ट्रिय सभामा व्यवस्थापन गर्ने, संघीय सांसद र प्रदेश सांसद तथा स्थानीय कार्यपालिकाको सीट संख्या घटाउने, नेपालको संविधान जिल्ला संरचना हटाई जिल्ला अन्तर्गत भइरहेका कामहरूलाई  स्थानीय तहमा लगी खर्च कटौती गर्ने  लगायतका कार्यहरूका माध्यमद्वारा सहज र सुलभ सेवा र सुविधा आम नागरिकको पहुँचमा पु¥याउने ।

४. आज नेपाली कांग्रेसलगायत दलहरूको सदस्य भएकोमा गर्व गर्ने युवा जमातको सख्यामा कमी आएको छ । नेपाली कांग्रेस विचार, दृष्टिकोण, नविनतम र समाज रूपान्तरण गर्न कायम छ भन्ने मात्र नभई व्यवहारिक रुपमा समेत कांग्रेसका नेताहरुले धार्मिक नैतिक चरित्रको व्यवहार निर्माण  गरी रोल मोडल बन्नुपर्ने अवस्था भएकोले सोका लागि सबैले आआफ्नो ठाउँबाट  इमान्दार प्रयत्न गरौं ।

५. पेज नम्बर १९ सार्वजनिक ऋण बढेको चासोमा 

उत्पादनशील क्षेत्रमा मात्र ऋण लिने प्रतिबद्धता गरौँ । समयमै विकास निर्माण कार्य आदिको कार्यसम्पन्न गर्ने ठेकेदार आदिलाई पुरस्कृत गर्ने र जानी जानी ढिलो गर्नेलाई आर्थिक जरिवानाको कानुनी प्रावधान  बनाउँ ।

६. शिक्षा नीति तर्जुमा गर्दा हाम्रो देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने र सो जनशक्तिलाई काममा लगाउने पूर्वप्रत्याभूति हुने नीति निर्माण गर्ने ।

७. वैदेशिक लगानी भित्र्याउने प्रयोजनमा के कस्ता बहुराष्ट्रिय कम्पनीहरूले नेपालकै कच्चा पदार्थहरू प्रयोग गर्छन् नेपालीलाई सिप र दक्षता प्रदान गर्छन् ती कम्पनीहरूको अन्तर्राष्ट्रिय रेपुटेसन कस्तो छ मूल्याङ्कन गरेर मात्र ल्याउन हामीलाई इतिहासले सिकाएको कुरा नबिर्सौँ । अतः त्यस्ता विदेशी लगानीलाई प्रोत्साहन सहित आकर्षण गरौं ।

८. वैदिक सनातन मुन्धुम बौद्ध जस्ता आफ्नै माटोमा विकसित सनातनदेखि चल्दै आएका धर्म संस्कृतिमाथि हुने विविध खाले प्रहारहरूबाट देशलाई बचाउनु आजको आवश्यकता हो । किनभने कुनै पनि देश त्यो देशको धर्म संस्कृति भाषाको पहिचानमा बाँचेको हुन्छ ।  अतः नेपालका कला साहित्य संस्कृति चाडपर्व जोगाउन साथै  विपन्न वर्गहरूले मनाउने व्यवस्थाका लागि राज्यले आर्थिक स्रोत साधनको सुनिश्चितता गरोस् ।

९. नेपाल देशको आर्थिक विकासको कायापलट गर्ने प्रमुख आधार जलस्रोत नै हो । विश्वमा आगामी दशकमा खानेपानीको ठुलो हाहाकार पर्ने अवस्था आउँदै गरेको र सोको लागि नेपाल एउटा प्रचुर आर्थिक लाभको सम्भावना बोकेको देश हो । ठूलो जलविद्युतको उत्पादन र त्यसको प्रयोग विदेशमा प्रत्यक्ष बिक्री नगरी नेपालको उद्योगधन्दा विकासमा रासायनिक मलको उत्पादनमा र खासगरी हाइड्रोजन उत्पादन गरी बिक्री गर्नमा तुलनात्मक लाभ हुने देखिन्छ। अत पानीको समुचित र दीर्घकालीन असरको समेत लेखाजोखा राखी चाँडोभन्दा उपयोगको नीति निर्माण गर्नुपर्ने ।

१०. आजको विश्व आर्टिफिसियल इन्टेलिजेन्स( एआई) र डिजिटल डाटाको प्रयोगमा वृद्धि भइरहेछ । सोको प्रयोग हाम्रो देशमा पनि आर्थिक लगायत सम्पूर्ण कारोबारहरूमा गर्नुपर्ने देखिन्छ । र, खासगरी बिग डाटाको सुरक्षा चुनौती गम्भीर रुपमा देखिन सक्छ । अतः सोको लागि पनि आवश्यक नीति निर्माण गर्नुपर्ने देखिन्छ ।

११.देश सहरी विकासको प्रमुख आधार निजी क्षेत्रलाई र पब्लिक प्राइभेट पार्टनरशिपलाई  आधार मान्ने तर मध्यम र निम्न आय भएका ठूलो नागरिकको समूह सहकारिताको माध्यमबाट कृषि साना र उद्योगहरूको स्थापना गरी विकासको मूल प्रवाहमा ल्याउनुपर्ने र सोबाट मात्र आर्थिक असमानता हल हुने साथै ग्रामीण विकासको आधार तयार हुन्छ । साथै यसबाट सामूहिक उत्पादन र बिक्री वितरण प्रणालीमा सो समूह क्रियाशील भई बिचौलियाको भूमिका कम भई आम उपभोक्ताले समेत सुपत मूल्यमा  स्वदेशी वस्तु प्राप्त गर्ने नीति निर्माण गर्नुपर्ने ।

१२. शिक्षा नीति

आजको आधुनिक शिक्षा पद्धतिसँग ‘विद्या दधाती विनयम’को नैतिक चरित्र बोकेको हाम्रो आफ्नै पूर्वीय शिक्षा पद्धतिलाई समाविष्ट गरी शिक्षा नीति तर्जुमा गर्नुपर्ने । उदाहरणका लागि औषधि विज्ञानभित्र हाम्रो आयुर्वेद र योग मनोचिकित्साभित्र ध्यानविधि, इन्जिनियरिङभित्र हाम्रो आफ्नै भवन आदिको निर्माण विधि र  वास्तुशास्त्र, खगोल शास्त्रभित्र हाम्रो ज्योतिषशास्त्र, अर्थशास्त्रभित्र बुद्ध र चाणक्यको आर्थिक नीति समेत समाविष्ट गरे मात्र हाम्रो मौलिक र दिगो शिक्षा नीति बन्न सक्छ ।

१३.उत्पादन नीति

उत्पादनबिनाको वितरण नीतिले गरिबी मात्र वितरण बीपीको सार अनुसार हाम्रा आफ्नै देशका कच्चा पदार्थहरूमा आधारित वस्तु र सेवाहरू उत्पादन गर्न सके मात्र दिगो विकास हुने हुँदा स्वदेशी वस्तु र सेवालाई प्रवर्द्धन गर्ने उत्पादन नीति बनाउने ।

१४.नेपालको संविधानले स्थानीय तहलाई स्थानीय सरकारको परिकल्पना गरेको छ । अर्थात् सङ्घीय र प्रादेशिक जस्तो पक्ष प्रतिपक्ष हुने संसद्को परिकल्पना गरेको छैन । जहाँ पक्ष र प्रतिपक्ष रहन्छन् । अतः स्थानीय तहका गाउँ नगर प्रमुखहरूले कुनै बाधा अड्चन काम गर्नका लागि  पाँच सदस्य नीति निर्माण समिति वडा तह र पालिका तहमा बनोस् र जसले अल्पमत र बहुमतको विवादबिना नै निर्वाद ढङ्गले विकासका कार्यक्रम अगाडि बढाउन सकियोस् ।

१५.नेपाली कांग्रेसका स्थानीय, प्रादेशिक र संघीयस्तरका जनप्रतिनिधिहरू उम्मेदवार छनोटमा अझ बढी कांग्रेसप्रति उत्तरदायी बनाउन स्थानीय तहका पालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरू लगायत अन्य जनप्रतिनिधिहरूको   उम्मेदवारी चयन  तत् तत् स्थानका सम्पूर्ण कांग्रेस क्रियाशील सदस्यहरूको सर्वसम्मत वा बहुमतको आधारमा होस । यसैगरी प्रादेशिक  र सङ्घीय सांसदको उम्मेदवारी चयन त्यस क्षेत्रभित्रका क्षेत्रीय प्रतिनिधिहरूको मतदान प्रक्रियाद्वारा निर्धारण गरियोस् ।

जय नेपाल

(विराटनगर महानगरपालिकाका पूर्वमेयर समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सभा सदस्य पराजुलीले कांग्रेस केन्द्रीय समिति बैठकमा राखेको धारणा)

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update