Odapalika - The Fourth Estate - चौथो अंग
धरानका मेयर साम्पाङको निर्देशन पालना गर्दा पक्राउ परे नगर प्रहरीका असई
फाइल तस्बिर

सुनसरी । धरान उपहानगरपालिकाका मेयर हर्क साम्पाङको निर्देशन पालना गर्दा धरान नगर प्रहरीका नगर प्रहरीका सहायक निरीक्षक (असई) सुरेश मग्राती पक्राउ परेका छन्।

मेयर साम्पाङको निर्देशनमा उनले धरान उपमहानथरपालिका–१३ स्थित खहरे खोलामा पहिरो रोकथामका लागि निर्माण गरिएको ग्याबिन पर्खाल भत्काएका थिए । तर, ग्याबिन भत्काएर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोप आइतबार उनलाई घरबाटै प्रहरीले पक्राउ गरेको हो । 

यसअघि शुक्रबार नै पक्राउ गर्न गएको प्रहरी टोली मेयर साम्पाङ र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईले मग्रातीलाई आफूहरुले लिएर हाजिरी गराउन ल्याउने बताएपछि फर्किएको थियो । आइतबार पक्राउ पुर्जी जारी गराएर उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मग्रातीलाई जिल्ला प्रहरी कार्यालय इनरुवामा राखिएको छ।  

यसअघि साउन २४ गते सोही घटनामा संलग्न भएको आरोपमा धरानका भारती राई, राजकुमार राई र दिलकुमार राईलाई प्रहरीले पक्राउ गरिसकेको छ । 

कोशी प्रदेश सरकारको २० लाख रुपैयाँको लागतमा स्थानीय टोल विकास संस्थाले खोलामा तारजालीमा ढुंगा भरेर पहिरो रोकथामका लागि पर्खाल बनाएको थियो। 

मेयर साम्पाङले निर्देशनअनुसार भत्काउन नगर प्रहरीको टोली खहरेमा पुगे पनि स्थानीयको विरोधपछि फर्किएको थियो । तर, मेयर साम्पाङले आफ्नो आदेश कार्यान्वयन नभएको भन्दै मेयर विष्णु कोइरालालाई नगर प्रहरी प्रमुखबाटै हटाइदिएका थिए । पछि उनले नगर प्रहरीका सहायक निरीक्षक मग्रातीको नेतृत्वमा टोली  खटाएका थिए ।

सो पर्खाल भत्काएपछि धरान उपहानगरपालिकाको १३ नम्बर वडाका वडाध्यक्ष नेत्र काफ्लेले सार्वजनिक सम्पत्ति क्षति पु¥याएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update