Odapalika - The Fourth Estate - चौथो अंग
कर्कट र मेषलाई चौतर्फी लाभ हुँदा अन्य राशिको यस्तो छ आजको दिन 

आजको पञ्चाङ्ग 

तिथिः अष्टमी । नक्षत्रः विशाखा । करणः भद्रा । चन्द्रराशिः तुला । सूर्योदयः ५ः ३३ । सूर्यास्तः १८ः ४२ । दिनमानः ३३ः ५३ घडी । राहुकालः बिहान ७ः ३० देखि ९ः ०० बजेसम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

परिवारका साथ नयाँ कार्यको थालनी हुनेछ । प्रिय खबर सुन्नु पर्नेछ । यात्रा सुमधुर र रमाइलो हुनेछ । गुमेको सामान भेट्टाउने प्रबल सम्भावना रहेको छ ।

वृष ( इ उ ए ओ बा बि बु बे बो )

आजको काममा स्वास्थ बाधा हुनेछ । अरुको सहयोग पाइदैन । स्वास्थ्य भने कमजोर रहनेछ । समस्या नै समस्यामा दिन गुज्रिनेछ ।

मिथुन (का कि कु घ ङ छ के को ह )

आज धनको बचत हुनेछ । आफ्नो कर्तव्य निभाउन सक्षम भइनेछ । भाग्यले पूरै साथ दिनेछ । धर्मतिर मन जानेछ ।

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

कार्यालयको कामले मन आनन्दित रहनेछ । रमाइलो गर्ने अवसर मिल्नेछ । सकारात्मक कार्यको सबैले प्रशंसा गर्नेछन् । 

सिंह (मा मि मु मे मो टा टि टु टे )

आजको दिन योग्यताको राम्रो प्रदर्शन हुनेछ । तपाईँको पराक्रमले शत्रुको मनोबल घट्नेछ । धैर्य र साहासले काम गर्नु पर्ला  । आर्थिक लाभ हुनेछ ।

कन्या ( टो प पि पु ष ण ठ पे पो )

अचानक धनको क्षति हुनेछ । अप्रत्यासित यात्राको लागि खर्च हुनेछ । आजको दिन सोचेजस्तो उपलब्धिपूर्ण हुनेछैन । 

तुला (र रि रु रे रो ता ति तु ते ) 

सम्पूर्ण परिवारका साथ आजको दिन बित्नेछ । मान सम्मान पाउनुहोला । यात्रा तथा भेटघाटले तपाईँमा उर्जा देखिनेछ । कर्म क्षेत्र बलियो रहेको छ ।

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आजको दिन तपाईँको आयमा वृद्धि हुनेछ । परिश्रमको फल उचित मात्रमा पाइनेछ । काम गर्ने जोश जाँगर बढ्नेछ । 

धनु ( ये यो भा भि भु ध फा ढा भे )

तपाईंको आज पराक्रम बढ्नेछ । आवश्यक ठाउँमा मन खोलेर खर्च गर्न पाइनेछ । स्वास्थ्यले पनि साथ दिनेछ । सामान खरिद बिक्री गरिनेछ ।         

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

तपाईंले गरेको कर्मको प्रशंसा हुनेछ । घरायसी कार्यमा सरिक भइनेछ । आफन्तसँगको सामिप्यले मन रमाउनेछ । स्थिर पूँजी जोडिनेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

तपाईंको आजको कार्य सफल हुनेछ । कामको प्रशंसा पाउनु हुनेछ । विद्यामा सफल र सन्तान सुखको योग रहेको छ  । 

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

थालेको कामले पूर्णता पाउन कठिन हुनेछ । स्वास्थ्यले पनि साथ नदेला । कुरा काट्नेदेखि सावधान रहनुहोला । अरुको अपमान सहनु पर्नेछ । 


 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update