Odapalika - The Fourth Estate - चौथो अंग
उपमेयर सुनिता डंगोल भन्छिन्– विदेश जाने मात्र होइन, स्वदेश फर्किँनेको संख्या नि उच्च छ 

काठमाडौँ ।  काठमाडौं  महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले युवाहरु विदेशिने संख्यासँगै स्वदेश फर्किनेको संख्या पनि उत्तिकै बढेको बताएकी छन् । सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उनले युवाहरुका समसामयिक सवाल र सम्भावनाका बारेमा छलफल गर्नुपर्ने बताएकी हुन् ।

उनले  भनिन्, ‘विदेशिने  युवाहरुको  जमात  बढ्दो  छ । सँगसँगै विदेशबाट  स्वदेश फर्किँने युवाहरुको पनि बाक्लो छ । युवाहरु विदेशबाट फर्किँदा पूँजी मात्र फर्किँदैन उनीसँगै सिकेका सीप, प्रविधि र अनुभव पनि सँगै जोडिएर आउँछन् ।’

साथै उनले युवाहरुलाई उद्यमशिलतासँग जोड्नुपर्ने बताइन् । उनले युवाहरुको  लागि व्यवहारिक योजनाहरु पनि ल्याउनुपर्ने बताइन् ।उनले विदेश जाने सोच एउटा विद्यार्थीको मात्र नभएर परिवार, समाज सबैको सपना बन्दै गइरहेको बताइन् ।

उनले  भनिन्, ‘धेरै जना युवाहरु उच्च शिक्षाको  लागि विदेश जाने सपना देख्छन्, तर पछिल्लो  समय यो सपना युवाको मात्र होइन एउटा परिवार, समाजको  पनि सपना भइसकेको छ । त्यसैले क्रियाकलापलाई हामीले रोक्न जरुरी छ ।’

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update