Odapalika - The Fourth Estate - चौथो अंग
सडक बालबालिकाको तथ्यांक संकलन गर्ने जिम्मा स्थानीय तहलाई (पत्रसहित)

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सडक बालबालिकाको तथ्यांक संकलन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पत्राचारको आधारमा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्र पठाउँदै सडक बालबालिकाको तथ्यांक संकलन गर्न निर्देशन दिएको छ । 

७५३ वटै स्थानीय तहलाई पठाएको पत्रमा सडक बालबालिकाको तथ्यांक संकलन गरेर विद्युतीय माध्यममार्फत प्रविष्ट गर्न भनिएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि गएको असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘संवत् २०८२ साल असार मसान्तसम्ममा नेपाललाई सडक बालबालिका मुक्त बनाउने निर्णय गरेको थियो । सोही निर्णय भएबमोजिम यसको कार्यान्वयनको लागि देशभर रहेका सडकमा आश्रित सडक बालवालिकाको खण्डिकृत तथ्यांक संकलनको लागि सबै स्थानीय तहलाई निर्देशन दिइएको हो । 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update