Odapalika - The Fourth Estate - चौथो अंग
कर्णाली र सूदुरपश्चिममा वर्षाको सम्भावना टर्दा अन्यत्र कस्तो छ मौसम ? 

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही  कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी  प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, र गण्डकी  प्रदेशका थोरै स्थानहरू तथा मधेश र लुम्बिनी प्रदेशको केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा को सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । 

राति पनि  देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती र गण्डकी  प्रदेशका  केही  स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल नेपालको मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । न्यूनचापीय रेखा सहित नेपालमा हाल भारतको  उत्तर प्रदेशको उत्तरी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव छ ।


 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update