Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहको निर्वाचन मंसिर तेस्रो साता गर्न निर्वाचन आयोगको सुझाव

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त पदमा मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो सुझाव दिइएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा   मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुुक्त हुने सुझाव दिएको छ । 

प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गरेका थिए ।

मिति घोषणाअघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आव्हान गर्ने जानकारी आयोगले गराएको छ ।

छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौलालगायत सहभागी थिए ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update