Odapalika - The Fourth Estate - चौथो अंग
आज यी स्थानमा पर्दैछ पानी 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज विहानैबाट देशका कतिपय प्रदेशमा पानी परिरहेको बताएको छ । 

बिहानैबाट कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहने र  कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा पनि हुने अवस्था विभागले औँल्याएको छ ।

आज राति देशभर साधारणतया बदली हुँदा कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ । 

विभागका अनुसार मनसुनी र स्थानीय वायुको प्रभाव कायम नै रहेपनि विगतको तुलनामा भारी वर्षको सम्भावना भने विस्तारै घट्दै गएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update