Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ आजको तिथि, नक्षत्र, चन्द्रराशि र राहुकाल

आजको पञ्चाङ्ग

तिथिः नवमी । नक्षत्रः विशाखा । करणः बालब । चन्द्रराशिः वृश्चिक । सूर्योदयः ५ः ३४ । सूर्यास्तः १८ः ४२ । दिनमानः ३२ः ४९ घडी । राहुकालः बेलुका ३ः ०० देखि ४ः ३० बजेसम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

आजको शत्रुले काममा बाधा दिनेछन् ।  रोगसँग लड्नु पर्नेछ । परिवार तथा सन्तानको खुसी पूरा गर्न कठिन होला । संयमताले काम गर्नु पर्ने देखिन्छ ।

वृष (इ उ ए ओ बा बि बु बे बो )

भाग्यले साथ दिनेछ । साथीहरुसँगको मनोरञ्जनमा दिन बित्नेछ । स्वस्थ्यमा सुधार आउनेछ ।  खर्च सही ठाउँमा नै हुनेछ । 

मिथुन (का कि कु घ ङ छ के को ह )

शारीरिक रुपमा कमजोर महसुस हुनेछ । तपाईँको खर्चिलो दिन हुनेछ । यात्रा पनि कठिन हुनेछ ।  आत्मबल कामजोर हुनेछ ।

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

आज अचानक धनलाभ हुनेछ । गरेको कामबाट प्रशंसा र सम्मान प्राप्त हुनेछ । किनमेलमा समय खर्चिनु पर्नेछ । धर्मकर्मतिर मन जानेछ ।

सिंह (मा मि मु मे मो टा टि टु टे )

भाइबन्धुसँग नयाँ योजना र कार्य हुनसक्नेछ । सामाजिक कार्यमा संलग्न भइनेछ । जोश जाँगरले कठिन काम सजिलै बन्नेछ । अरुलाई प्रभावमा राख्न सकिनेछ ।

कन्या (टो प पि पु ष ण ठ पे पो)

गरेको कामको राम्रो फाइदा  पाइएला । स्थायी धन पाउने योग रहेको छ । लेनदेनको कारण थोरै तनाव झेल्नुपर्ला । खर्च सही ठाउँमा होला ।  

तुला  (र रि रु रे रो ता ति तु ते)

आजको दिन खर्चिलो रहनेछ । कुनै नयाँ सामान किनिले योग देखिन्छ । आजको यात्रामा दुखद नै हुनेछ । मान सम्मानमा ठेस लाग्नेछ । 

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

तपाईंको बोलीले नै काम बन्ने देखिन्छ । गरेको कामले पूर्ण सन्तुष्टि हुनेछ । बेलुकातिर भने मनोरञ्जनपूर्ण र रमाइलो दिन हुनेछ । स्वास्थले साथ दिनेछ ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

आज धनप्राप्ति हुने भएकाले काम बन्नेछ । कारोबारले सन्तुष्ट दिने देखिन्छ । नयाँ कार्य हुने देखिन्छ । यात्रा सुखद हुनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

आज जे गर्नुहुन्छ त्यो कामले सफल हुनेछ । खर्चिलो दिन रहेको छ । सोचविचार गरेर मात्र काम गर्नुहोला । रमाइलो भेटघाट हुनेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

भाग्यले पूर्ण साथ दिनेछैन । उपयोगी र स्थायी सामानको खरिद हुनेछ । महत्वपूर्ण कार्य बन्नेछन् । मन उत्साहित हुनेछ ।  

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

आज सानासाना कुरामा मन खुशी हुनसक्छ । संयमताले गरेका काम पूरा हुनेछन् । स्वास्थ्यमा भने केही गडबढी हुनेछ । विद्यामा सफल रहनेछ । 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update