Odapalika - The Fourth Estate - चौथो अंग
बजेट सार्वजनिक गर्न धनगढीमाई नगरपालिकाका वडाध्यक्षहरुको २४ घन्टे अल्टिमेटम 

काठमाडौँ । बजेट ल्याउन नसकेको सिराहाको धनगढीमाई नगरपालिकाका वडाध्यक्षहरु नगरसभा बोलाउन माग गर्दै आन्दोलनमा उत्रिएका छन् । 

१० असारमा ल्याउनुपर्ने बजेट अहिलेसम्म नआएपछि उनीहरु बजेट ल्याउन नगरसभाको बैठक डाक्न मेयरलाई दवाब दिदै आन्दोलनमा उत्रिएका हुन् । 

बहुमत वडाध्यक्षहरुले विज्ञप्ति जारी गर्दै संयुक्त रूपमा तीन सुत्रीय मागसहित आन्दोलनको घोषणा गरेका हुन् ।  

विज्ञप्तिमा सेवा प्रवाह र दैनिक प्रशासनिक कार्यलाई चुस्तदुरुस्त बनाउन अनुगमन तथा सुपरीवेक्षण कार्य गर्न छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने, नगरपालिकामा देखिएका समस्या समाधान गर्न यथाशिघ्र कार्यपालिका बैठक आह्वान गर्नुपर्ने र नगरसभाको मिति तय गर्नुपर्ने माग राख्दै २४ घण्टे अल्टिमेटम दिएका छन् । 

नगरपालिकाका १४ वडाध्यक्षमध्ये १० जना यस्तो संयुक्त हस्ताक्षरसहित यस्तो माग गरेका हुन् ।  

वडा नं ९ का अध्यक्ष प्रकाश योञ्जनले माग पूरा नभए थप आन्दोलन गर्न बाध्य हुने भन्दै नगरसभा नबस्दा चालु आर्थिक वर्षको बजेटसमेत प्रस्तुत भएको छैन । यसले गर्दा नगनगरपालिकाको दैनिक सेवाबताए । 

नगर कार्यपालिका सदस्य र नगरप्रमुखबीच विवाद हुँदा पटकटपक नगरसभा स्थगित हुँदै आएको छ । नगरपालिकाको बजेट खर्चसहित हिसाब किताब मागेपछि नगरप्रमुख शिवशङ्कर महतोले नगरसभा गर्न आलटाल गर्दै आएको वडाध्यक्षहरूको आरोप छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update