Odapalika - The Fourth Estate - चौथो अंग
पूर्वपश्चिम राजमार्गकाे दाउन्नेमा  १ बजेसम्मका लागि गाडी चलाउन रोक, यस्तो छ कारण

काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तरगतको नवलपुरको दाउन्ने सडकखण्डामा यातायात संचालनमा रोक लगाइएको छ । 

सो स्थानमा भासिएको सडक मर्मतका लागि यातायातमा रोक लगाइएको हो ।

गए राति सो सडकखण्डको सडक भासिएको थियो । सडक भासिएपछि एकतर्फि रुपमा यातायात संचालन गरिएको थियो । भासिएको सडकमा थप क्षति नहोस भनेर मर्मत गर्नका लागि यातायात संचालनमा रोक लगाइएको हो ।

आज दिउसो १ बजेसम्मका लागि यातायात संचालनमा रोक लगाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update