Odapalika - The Fourth Estate - चौथो अंग
सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार एकैदिन तोलामा २१ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । 

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यही साउन २१ गते कायम भएको सुनको उच्च मूल्यलाई मंगलबार तोडेको हो । यही साउन २१ गते छापावाल सुन प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भएको थियो ।  

यसैबीच, मंगलबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ७४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update