Odapalika - The Fourth Estate - चौथो अंग
नेकपा एसको निर्णयः २०८३ को स्थानीय तह चुनावमा बहुमत जित निकाल्ने 

ललितपुर । नेकापा एकीकृत समाजवादीले २०८३ सालमा हुने स्थानीय तह निर्वाचनमा भाग लिएर बहुसंख्यक पालिकामा बहुमतसहित बिजयी हुने लक्ष्यका साथ पार्टीका गतिविधिलाई अघि वढाउने निर्णय गरेको छ । 

ललितपुरमा ५ देखि ७ भदौसम्म चलेको बैठकले स्थानयि तह निर्वाचनलाई प्राथमिकतामा राखेर पार्टी गतिविधि सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । 

बैठकले आगामी १४ देखि १८ माघमा पार्टीको महाधिवेशन गर्ने भएको छ । 

पार्टी फुटपछि पहिलो पटक हुन लागेको यो महाधिवेशनलाई नेकपा एसले १०औँ महाधिवेशन भनेको छ ।  उसले एमालेको लिगेसी आफुहरुसँग भएकाले अब हुने महाधिवेशन पनि एमालेकै जस्तो १०औँ हुने तर्क गरेको छ । 

१५ दिन पनि निरन्न्तर पार्टीका काममा खट्न नसक्ने कुनैपनि कमिटीका अध्यक्ष र सचिवलाई जिम्मवारीबाट नहटे स्वतः हटाउने निर्णय पनि बैठकले गरेको छ । 

बैठकले एमसीसी परियोजनाको अनुगमन बनाउन समिति गठन गर्ने, केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर गर्नेलगायतका निर्णयसमेत गरेको छ । 

३ दिनसम्म चलेको बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी अध्यक्ष माधव नेपालको कार्यशैली र नेतृत्व क्षमतामाथि प्रश्न उठाएका थिए । सम्मानित नेता झलनाथ खनाललगायतको आपत्तिपछि बैठकले अध्यक्षको प्रतिवेदनलाई परिमार्जनसहित पारित गरेको जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०८:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update