Odapalika - The Fourth Estate - चौथो अंग
निजामती कर्मचारीलाई तत्काल आफ्नो वैयक्तिक विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई तत्काल आफ्नो वैयक्तिक विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ । 

निजामती कर्मचारीहरुको सरुवा हुने तथा काज/कामकाजमा खटाइने गरेकोमा सो बमोजिम कतिपय निजामती कर्मचारीहरुको वैयक्तिक विवरण अद्यावधिक भएको नदेखिएको भन्दै मन्त्रालयले तत्काल विवरण अद्यावधिक नभएका कर्मचारीहरुले राष्ट्रिय किताबखाना (निजामती)मार्फत आफ्नो वैयक्तिक विवरण अद्यावधिक गराउन निर्देशन दिएको हो । 

मन्त्रालयअन्तर्गतको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाले जारी गरेको सूचना 

निजामती सेवा ऐन, २०४९ कर्मचारी समायोजन ऐन, २०७४ तथा निजामती सेवा नियमावली, २०५० अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सेवा/समूह सञ्चालन गर्ने मन्त्रालय तथा अन्य मन्त्रालय/निकायबाट निजामती कर्मचारीहरुको सरुवा हुने तथा काज/कामकाजमा खटाइने गरेकोमा सो बमोजिम कतिपय निजामती कर्मचारीहरुको वैयक्तिक विवरण अद्यावधिक भएको नदेखिएको हुँदा त्यस्तो विवरण अद्यावधिक नभएका कर्मचारीहरुले राष्ट्रिय किताबखाना ( निजामती) मार्फत आफ्नो वैयक्तिक विवरण यथाशीघ्र अद्यावधिक गराउनु हुन यस मन्त्रालयको मिति २०८१/०४/२५ को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ ।


 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update