Odapalika - The Fourth Estate - चौथो अंग
संसद् बैठकमा सभामुखले रास्वपा सांसद हरि ढकालको माइक काटेपछि...

काठमाडौँ । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले विरोध जनाएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा रास्वपा सांसद हरि ढकालले विद्युत प्राधिकरणको महसुलका विषयमा कुरा उठाउन खोज्नेबित्तिकै माइक काटिएपछि रास्वपा सांसदहरुले उठेर विरोध जनाएका छन् । 

सभामुख देवराज घिमिरेले ‘तपाइँले बोल्न समय मागेको विषयमा कुरा राखिसक्नु भएको छ’ भनेपछि सांसद ढकालको माइक काटिएको थियो । तर, रास्वपा सांसदहरुले माइक काटिनुको कारण माग गर्दै उठेर विरोध जनाइरहेका छन् । बैठक अवरुद्ध भएपछि आशनग्रहण गर्न सभामुख घिमिरेले आग्रह गरिरहेका छन् ।  

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update