Odapalika - The Fourth Estate - चौथो अंग
नेप्से सूचक घट्यो, २१ अर्ब ५१ करोडको कारोबार 

काठमाडौँ । चालु साताको दुई दिन उकालो लागेको नेप्से परिसूचक मंगलबार भने ओरालो लागेको छ । आइतबार ९४.५३ अंक र सोमबार ७०.८१ अंकले बढेको नेप्से परिसूचक मंगलबार भने ८.८१ अंकले ओरालो लागेको छ । मंगलबार २९२३.४६ विन्दुमा आएर बजार बन्द भएको छ । 

यसदिन ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार ६३३ रुपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिन सोमबार ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर किनबेच  भएर २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७५६ रुपैयाँको कारोबार गर्दै २०७८ माघयताकै उच्च रेकर्ड बनाएको थियो । 

यसदिनको कारोबारमा ८० कम्पनीको सेयर मूल्य बढ्दा १५७  कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर छ । 

यस दिन सबै इन्डेक्स ओरालो लागेको छ । साथै मातृभूमि लघुवित्त, पिपुल्स पावर र डोल्टी पावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update