Odapalika - The Fourth Estate - चौथो अंग
८ करोड राजस्व उठाउने लम्कीचुहा नगरपालिकालाई किन चाहियो १५ जना नगर प्रहरी ?

काठमाडौँ । कैलालीको लम्कीचुहा नगरपालिकाले १५ जना नगर प्रहरी भर्ना गरेको छ । नगरपालिकाले खुल्ला प्रतिस्पर्धा प्रक्रियाबाट नगर प्रहरी भर्ना गरेको हो । 

नगरपालिकाभित्रको शान्ति सुव्यवस्था तथा राजस्व संकलन बृद्धीका लागि नगरप्रहरी भर्ना गरिएको मेयर सुशीला शाहीले बताइन् ।

‘हाम्रो नगरपालिकाका संघीय सरकार वा प्रदेश सरकारले राम्रोसँग शान्तिसुरक्षा दिन सकेको छैन । नगरपालिकाका कर्मचारीहरु कुटने गरेका छन् । अस्पतालहरुमा त्यस्तै अराजकता हुने गरेको छ । फेरि राजस्व संकलन पनि कम छ । नगरप्रहरी भएमा रोयल्टी, बहालकर जस्ता राजस्व असुली बढ्ने थियो भनेर भर्ना गरिएको मेयर शाहीले वडापालिकासँग भनिन् ।

नगरपालिकाले १५ जना नगरप्रहरी भर्ना गरेको छ । तीमध्ये १ जना असइ, ३ जना हवल्दार र ११ जना जवान रहेका छन् । उनीहरुको सेवा सुविधा सो पदमा रहने अन्य पालिकाका प्रहरीको बराबर गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत माधवकुमार जैशीले जानकारी दिए ।

नगरपालिकाले राजस्व बढाउन नगरप्रहरी भर्ना गरिएको बताएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार सो नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ८ करोड १८ लाख रुपैयाँ आन्तरिक राजस्व उठाएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update