Odapalika - The Fourth Estate - चौथो अंग
गृहमन्त्रीलाई गगन थापाको प्रश्न– रवि लामिछानेविरुद्ध प्रमाण छ भन्नुभएको थियो, के हुँदै छ ? (भिडियाेसहित)

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै पार्टीबाट गृहमन्त्री भएका रमेश लेखकको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद थापाले सहकारी रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्धका प्रमाणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका हुन् । 

प्रतिपक्षमा रहँदा लेखकले रविविरुद्ध पूरक उजुरी परेको र प्रमाण रहेको बताएको भन्दै अहिले ती प्रमाण के भयो भन्दै थापाले प्रश्न गरेका हुन् । 

रवि लामिछानेका विषयमा गएको चैत १२ गते प्रश्न उठाउँदा कागजसमेत लिएर यो प्रमाण हो भनेको स्मरण गराउँदै लेखकलाई अहिले गृहमन्त्री भएपछि प्रमाण के भयो भन्दै थापाले प्रश्न गरेका हुन् । 

‘माननीय रमेश लेखक मेरो पछाडि हुनुहुन्थ्यो । चैत १२ गते उहाँले रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट पुलेसो कर्जा लिनुभएको छ । त्यसका विरुद्धमा पूरक उजुरी परेको छ । यो प्रमाण हो भन्नुभएको थियो । उहाँ अहिले उता हुनुहुन्छ । यता हुँदा प्रमाण हुने उता पुगेपछि प्रमाण नहुने भन्ने हुँदैन,’ थापाले भने । 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update