Odapalika - The Fourth Estate - चौथो अंग
आज देशभर पानी पर्नसक्ने मौसम विभागको अनुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर बिहानैदेखि पानी परिरहेकाले सतर्क बस्न भनेको छ । विभागले वुलेटिनमार्फत आज देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको भनेको हो । 

विभागका अनुसार हाल मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कोसी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा पनि हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने र सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको विभागको भनाइ छ । उसले कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भने भारी वर्षा हुनसक्ने अनुमान गरेको छ । 

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली हुँदा बागमती र गण्डकी प्रदेशका केही भूभागमा मध्यमदेखि भारी वर्षा हुनसक्ने भनेको छ । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update