Odapalika - The Fourth Estate - चौथो अंग
हुम्लाका ४६ प्रतिशत जनता अझै अँध्यारोमा, पातारासीमा कहिले पुग्ला बिजुली ? 

काठमाडौँ । सडक सञ्जालमा जोडिन नसकेको हुम्लाका अधिकांश स्थानीय तह अझै पनि बिजुलीको उज्यालोबाट वञ्चित छन् । 

विद्युत प्राधिकरणले जुम्लाका ६ हजार ६०० वढी घरमा बिजुली बालेको दाबी गरेपनि पातारासी गाउँपालिकामा अहिलेसम्म बिजुली पुग्न सकेको छैन ।

प्राधिकरणले यो पालिाबाहेक सबैतिर विजुलीको पहुँच पुगेको भनेको छ । तर ८ वटा स्थानीय तह भएको हुम्लाका सबै पालिकामा समान विद्युतको पहुँच अहिलेपनि पुगेको छैन । 

नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख रामआशिष शाहका अनुसार धेरैजसो स्थानीय तहमा विद्युत बल्न थालेपनि कतिपय वडामा लैजान कठिनाइ भइरहेकोे छ । 

तिला गाउँपालिकाको वडा नम्बर ८ र ९ मा केन्द्रीय लाइनको विद्युत् विस्तार हुने सकेकोे छैन । सिञ्जा गाउँपालिका–३ मा रहेको नराकोट बजारसम्म विजुली पुगेपनि अन्य सबै वडा अहिलेसम्म अन्धकारमै छन् । हिमा गाउँपालिका वडा नम्बर २ र ६ बाहेकका वडामा बिजुली बलिसकेको छ भने कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर ३, ५, ६ र ८ वडामा मात्र विजुली पुगेको छ । 

तातोपानी गाउँपालिका–४ बाहेक बाँकी अरु सबै वडामा राष्ट्रिय प्रसारण लाइनको पुगेको छ । गुठीचौर गाउँपालिकाका ६ वटै वडामा चाँडै बिजुली बल्ने प्राधिकरणको भनाइ छ । 

प्राधिकरणले अहिलेसम्म ५४ दशमलव ६७ प्रतिशत नागरिक केन्द्रीय विद्युत् सेवाको पहुँचमा पुगेको जनाएकोे छ । यो वर्ष केन्द्रीय कार्यालयबाट नयाँ विद्युत् विस्तारका कार्यक्रम आएपछि काम अगाडि बढ्ने जुम्ला वितरण केन्द्रले जनाएको छ । 

पातारासी गाउँपालिकाको–१ गडीगाउँमा रहेको चुकेनी जलविद्युत् आयोजनाको ९९८ किलोवाट विद्युत् लाइनमार्फत जिल्लाभर अहिले विद्युत् सेवा सञ्चालन भएको प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update