Odapalika - The Fourth Estate - चौथो अंग
जुवाको खालबाटै समातिए घरपझोङ गाउँपालिकाका अध्यक्ष 

पोखरा । मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन जुवाको खालबाट पक्राउ परेका छन् । 

वडा प्रहरी कार्यालय, बैदामको टोलीले बिहीबार पोखरा महानगरपालिका–८ सिर्जनाचोकस्थित लक्ष्मी होटलमा तास खेलिरहेको अवस्थामा गाउँपालिका अध्यक्षसहित ७ जनालाई पक्रउा गरेको हो । 

बिहीबार साँझ जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका अध्यक्ष लालचननले सुरुमा आफ्नो परिचय लुकाएका थिए । 

घरपझोङ–२ घर भएका ५८ वर्षीय अध्यक्षसमेतको साथबाट प्रहरीले ५६ हजार ७५० रुपैयाँ बरामद गरेको जनाएको छ । 

३ र ४ भदौमा गण्ढडकी प्रदेश सरकारको नवप्रवर्तन साझेदारी कार्यक्रमको समीक्षा गोष्ठीमा सहभागी हुन आएका अध्यक्षले बिहीबार जिल्ला फर्किने बताएका थिए । तर गाउँका आफन्तले होटलमा बोलाएपछि मनोरञ्जन गर्न तास खेलेको उनको भनाई छ । 

जुवा खालबाट अध्यक्ष लालचनसहित होटल सञ्चालक घोरपझोङ–२ घर भएका ५७ वर्षीय इन्द्रबहादुर हिराचन, सोही ठाउँका ४६ वर्षीय नबिनप्रसाद थकाली, पोखरा महानगरपालिका–८ सृजनाचोक बस्ने ६३ वर्षीय शंकर ज्वारचन, पोखरा–९ महेनद्रपुल बस्ने ५३ वर्षीय गुन्ज हिराचन, पोखरा महानगरपालिका–१० रामबजार बस्ने ५२ वर्षीय राजु गुरुङ र दलबहादुर हिराचन पक्राउ परेको प्रहरीले जनाएको छ ।  

स्थानीय तहका जनप्रतिनिधिहरु यसअघिपनि पटक पटक जुवाको खालबाट पक्राउ पर्ने गरको छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update