Odapalika - The Fourth Estate - चौथो अंग
सर्पले डसेपछि झारफुकमा लाग्दा छोरीको मृत्यु, आमाको अवस्था गम्भीर
सांकेतिक तस्बिर

दाङ । सर्पले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर छ । 

म‌ंगलबार राति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा उनकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले  बताए ।

सर्पले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले बताए । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update