Odapalika - The Fourth Estate - चौथो अंग
वडा अध्यक्षले कर्मचारी पिटेपछि भंगहा नगरपालिकाको सेवा ठप्प

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकाका कर्मचारीले आफ्नो सहकर्मी जनप्रतिनिधिबाट कुटिएको भन्दै कार्यालयको कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । 

गएको सोमबार वडा नम्बर ९ का मुकेशकुमार यादवले नगरपालिकामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी सूर्य नारायण ठाकुरमाथि कार्यकक्षमै हातपात गरेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् । 

मंगलबारबाटै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारी बुधबार पनि काममा फर्किएका छन् । अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेर विरोधमा उत्रिएका कर्मचारीले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग राखेका छन् । माग पूरा नभएसम्म सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । 

जनप्रतिनिधिबाट कर्मचारी पिटिनु दुःखद् भएको भन्दै उनीहरुले भयको वातावरणमा काम गर्न नसकिने बताएका छन् । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update