Odapalika - The Fourth Estate - चौथो अंग
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ३००  रूपैयाँले घटेको हो । 

मंगलबार प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा काराेबार भएको छापावाल सुन बुधबार ३००  रूपैयाँले घटेर १ लाख ५० हजार ५००  रूपैयाँमा काराेबार भइरहेको छ । 

यसैगरी, बुधबार चाँदीको मूल्य  पनि घटेको छ । मंगलबार तोलामा १ हजार ७४० रूपैयाँमा काराेबार भएको चाँदी बुधबार ५ रूपैयाँले घटेर १ हजार ७३५ रूपैयाँमा काराेबार भइरहेको  छ ।  

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update