Odapalika - The Fourth Estate - चौथो अंग
कर वृद्धिको विरोधमा हेटौँडा उपमहानगरपालिकामा व्यवसायीको धर्ना 

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको कार्यालयमा उद्योगी र व्यवसायीले धर्ना दिएका छन् । कर वृद्धिको विरोधमा व्यवसायीले तेस्रो दिन बुधबार पनि धर्ना जारी राखेका हुन् । 

हेटौँडा उपमहानगरपालिकाको राजस्व वृद्धिको निर्णयविरुद्ध व्यवसायी आन्दोलिन भएका हुन् । उनीहरुले मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म पालिकाको कार्यालयमा धना दिएका हुन् ।

व्यवसाय कर, घरभाडाको आधार दर, एकीकृत सम्पत्ति कर र विज्ञापन करमा १५० प्रतिशतसम्म वृद्धि गरेपछि व्यवसायी आन्दोलित भएका हुन् ।

आन्दोलित उद्योगी व्यवसायीले वृद्धि गरिएको कर खारेज गर्नुपर्ने माग गर्दै आएका छन् । 

उद्योगी व्यवसायीको आन्दोलनलाई मकवानपुर उद्योग वाणिज्य संघ मातहतको १८ भन्दा बढी बस्तुगत संघहरूले ऐक्यवद्धता जनाएका छन् । 
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update