Odapalika - The Fourth Estate - चौथो अंग
नेप्से ३४ अंकले वृद्धि, २३ अर्ब ४३ करोडको कारोबार

काठमाडौं । साताको चौथौ कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.२९ अंकले बढेको छ । पहिलो र दोस्रो दिन बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार ओरालो लागेको थियो । 

तर, फेरि बुधबार सेयर बजार लयमा फर्किएको छ । यसदिन सेयर बजार ३४.२९ अंकले बढेर नेप्से परिसूचक २९५७.७५ विन्दुमा आएर बन्द भएको छ । 

बुधबार ५ करोड १२ लाख ३० हजार ३४० कित्ता सेयर किनबेच हुँदा २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार १५० रुपैयाँको कारोबार भएको छ । 

यस दिन १५६ कम्पनीको सेयर मूल्य बढ्दा ७९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । 

सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मातृभूमि लघुवित्त, एचआइडीसीएल, माउन्टेन हाइड्रो, हिमालयन हाइड्रो, इन्गुवा हाइड्रो र अपर स्याङ्गे हाइड्रोपावरको सेयर मल्य १० प्रतिशतले बढेको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update