Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहका कर्मचारीका लागि खुल्यो तालिम, कहाँ कसलाई गर्ने सम्पर्क ?

काठमाडौँ । बागमती प्रदेशले प्रदेशभित्रका स्थानीय तहमा कार्यरत सातौँ र आठौँ तहका कर्मचारीका लागि सेवाकालिन तालिम संचालन गर्ने भएको छ ।

विकास व्यवस्थापन र सेवा प्रवाह सम्वन्धि सो तालिम ३५ दिनसम्म संचालन हुनेछ भने यसको आयोजना प्रदेश शुसासन केन्द्रले गर्दैछ । 

कर्मचारीको बृत्ति विकास र शुसासनमा सहयोग हुनेगरी तालिम संचालन गर्न लागेको केन्द्रकी निर्देशक रजनी रेग्मीले जानकारी दिएकी छन् । 

५ भदौसम्म गुगल फाराममार्फत तालिमका लागि आवेदन दिन सकिने छ । केन्द्रका कर्मचारीहरु रजनी रेग्मी र प्रमिला रेग्मीलाई सम्पर्क गरेर पनि तालिमका विषयमा जानकारी लिन सकिने भनिएको छ । 

आवेदन दिएकाहरुलाई ज्येष्ठताको आधारमा छनौट गरिनेछ । आवेदन फारामलाई सम्वन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत गराउनु पर्नेछ । 

तालिमका लागि आवेदन दिने कर्मचारी कम्तीमा ३ वर्ष पदमा बहाल रहेको हुनुपर्ने, साविक पदमा अन्य निकायबाट सेवाकालीन तालिम नलिएको हुनुपर्ने सर्त राखिएको छ । 

तालिम अवधिको यातायत खर्च, दैनिक भ्रमण भत्ता, आवास खर्च भने उपलव्ध नहुने भनिएको छ ।

sewakalin-1723631668.jpg
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update