
झापा । प्रमुख प्रशासकीय अधिकृत डम्बरु प्रसाद निरौला मदिरा पिएर क्वार्टरमै एक महिलासँग अश्लिल हर्कत गरिरहेको भिडियो सार्वजनिक भएपछि दमक नगरपालिकाले सार्वजनिक स्थलमा मदिराजन्य पदार्थ बेचविखन र उपभोगमा बन्देज गरेको छ ।
१३ साउनमा उनको अश्लिल हर्कतसहितको भिडियो सार्वजनिक भएपछि उनलाई संघीय मामिला तथा सामान्य मन्त्रालय तानेर उनको स्थानमा हाल गणेशराज कार्की प्रमुख प्रशासकीय अधिकृत छन् ।
प्रशासकीय अधिकृतका कारण बदनाम भएको भन्दै जनप्रतिनिधिको आलोचना भएपछि दमक नगरपालिकाका सार्वजनिक स्थानको १०० मिटर आसपासको क्षेत्रमा मदिराजन्य पदार्थ बेचविखनमा रोक लगाइएको नगरपालिकाले जनाएको छ ।
मदिराजन्य पदार्थ नियन्त्रण र रोकथाम गर्न भन्दै नगरले सार्वजनिक सूचना नै जारी गरेर निषेधित क्षेत्रमा मदिराजन्य पदार्थ सेवान र बेचविखन गरेको पाइए जरिमाना र कारवाही हुने बताएको छ ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयमा इ हाजिरी पनि अनिवार्य गरेको नगरपालिकाकाले जनाएको छ ।