Odapalika - The Fourth Estate - चौथो अंग
संविधान उल्लंघनको आरोपमा थाइल्यान्डका प्रधानमन्त्री पदमुक्त

काठमाडौँ । थाइल्यान्डका प्रधानमन्त्री सेटा टवीसिन पदमुक्त भएका छन् । त्यहाँको अदालतले संविधान उल्लंघन गरेको भन्दै प्रधानमन्त्री टवीसिनलाई पदमुक्त गरिदिएको बीबीसीले जनाएको छ । 

थाईल्यान्डको संवैधानिक अदालतले टवीसिनले पहिला जेल परेका एक पूर्ववकिललाई मन्त्री नियुक्त गरेर ‘अवज्ञापूर्ण व्यवहार देखाएको’ र ‘नैतिकताको नियम’ उल्लंघन गरेको ठहर गर्दै प्रधानमन्त्रीबाट पदमुक्त गरिदिएको हो । 

एक वर्ष पूरा नहुँदै उनी सत्ताबाट बाहिरिनुपरेको छ । यसरी अदालतले प्रधानमन्त्रीबाट पदमुक्त गरिदिएको यो पहिलो घटना होइन । थाइल्यान्डमा पछिल्लो १६ वर्षमा टवीसिनसहित तीन जनालाई पदमुक्त गरेको छ।

अदालतको फैसलापछि उनले प्रतिक्रिया दिँदै भने, ‘म आफ्नो इमानप्रति विश्वस्त छु...। मलाई दुःख लागेको छ तर म आफू यो आदेशप्रति असहमत छु भन्दिनँ ।’ 

टवीसिनले पुनरावेदनसमेत गर्न पाउँदैनन् । त्यहाँको संवैधानिक अदालतको निर्णय अन्तिम हुन्छ । 
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update