Odapalika - The Fourth Estate - चौथो अंग
अदालतले बगायो काठमाडौँको खोला किनारका घर, नयाँ बनाउन नपाइने, बनाउँदै गरेका रोक्नुपर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र नदीको भाग छोडेपछि पनि थप २० मिटरको दुरीमा घर तथा भवन बनाउन नपाइने भएको छ ।

सर्वाेच्च अदालतको आदेश कार्यान्वयन गर्दै महानगरले नदीको नाप नक्साबाट कायम भएको दायाँवायाँ छोड्नुपर्ने भनिएको जमिनबाहेक नै थप २० मिटरको दुरीमा भवन बनाउन रोकिएको महानगरले जानकारी दिएको छ ।

महानगरको यो निर्णयपछि नदीको लागि छोड्नुपर्ने दायावाया जमिनका अतिरिक्त थप २० मिटरको दुरीमा घर वा भवन बनाउन नपाइने भएको हो ।

‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र नदी नापी नक्साबाट कायम रहेको छेउछाउबाट दायाँ बायाँ छोड्नुपर्ने भनी तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने, निर्माण कार्य रोक् राख्ने, बागमती नदी र तिनका सबै सहायक नदीमा मलमुत्रयुक्त प्रदुषित पानी नपठाउने, निजी तथा सरकारी घर तथा स्वामित्वको व्यवसायिक भवन, कार्यालयको खुला क्षेत्रमा सोकपिट बनाइ भूमिगत जलस्रोत पुनःभरण गर्ने, नदीहरुमा कुनै किसिमका फोहोर नफाल्ने कार्य समेतका लागि यो सुचना प्रकाशित गरिएको छ,’ महानगरले प्रकाशित गरेको सुचनामा उल्लेख छ ।

453099821_1262494675124631_9214877762614376795_n-1723633357.jpgकेही समय अघि प्रो पब्लिक भन्ने संस्थाको तर्फबाट अधिवक्ता प्रकाशमणि शर्माले काठमाडौँ जिल्ला अदालतमा रिट निवेदन गरेका थिए । सो रिटमाथि आदेश दिदै अदालतले नदीको लागि छोड्नुपर्ने बाहेक थप २० मिटर जमिनमा भवन बनाउन नपाइने भनेको हो । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update