Odapalika - The Fourth Estate - चौथो अंग
श्रृङ्गेरी माविमा कविता प्रतियोगिता, आस्था योञ्जन प्रथम 

ललितपुर । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा महालक्ष्मी साहित्य समाज र लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनद्धारा महालक्ष्मी नगरपालिका वडा नं. ९ सिस्नेरीस्थित श्रृङ्गेरीमाविमा संयुक्त रुपमा आयोजित कविता प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगितामा कक्षा ९ मा अध्ययनरत छात्रा आस्था योञ्जन प्रथम भइन् । उनले दुई हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र पाइन् । त्यस्तै कक्षा ८ का छात्र सन्देश चौधरी द्धितीय र कक्षा १० की छात्रा सिमा चौधरी तृतीय भए । उनीहरुले क्रमश एक हजार पाँच सय र एक हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र पाए । 

कक्षा १० कै छात्रा दृष्टि बस्नेतले पाँच सय र प्रमाणपत्र सहित सान्त्वना पुरस्कार पाइन् । प्रतियोगितामा १३ जना सहभागी थिए । पुरस्कृत बाहेक अन्यलाई सहभागीताको प्रमाणपत्र प्रदान गरिएको थियो । सबै प्रतियोगिहरुले युवासँग सम्बन्धित विभिन्न शिर्षकमा कविता लेखन तथा वाचन गरेका थिए । 

कविता प्रतियोगिताका विजयीहरुलाई प्रमुख अतिथि महालक्ष्मी नगरपालिका वडा नंं ९ का वडा अध्यक्ष जयकृष्ण बोगटीले पुरस्कार र प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा बोल्दै उनले यस्तो प्रकारका साहित्यिक कार्यक्रमले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने बताए । उनले आगामी दिनमा महालक्ष्मी साहित्य समाज र लायन्स क्लबले गर्ने कार्यक्रमलाई वडाले सहयोग गर्ने प्रतिबद्धता जनाए । 

वरिष्ठ साहित्यकार भक्तबहादुर पण्डितले प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई आफूद्धारा लिखित पुस्तक प्रदान गरे । उनले साहित्यिक पुस्तकहरुको अध्ययन गर्ने बानी बसालेमा धेरै ज्ञान हासिल गर्न सकिने बताए । मनमा लागेका सबै कुरालाई लेख्ने, अध्ययन गर्ने र फेरी त्यसलाई पुनर्लेखन गरेमा लेख्ने शैलीको बिकास हुने उनले जानकारी दिए । कार्यक्रमका सभापती तथा महालक्ष्मी साहित्य समाजका अध्यक्ष श्रीराम पौडेल उदासीले विद्यार्थीहरुको साहित्यिक रचना क्षमता वृद्धिका लागि आगामी दिनमा पनि कार्यक्रम गर्ने बताए । 

कार्यक्रममा गिरिजा प्रसाद कोइराला फाउडेसन ललितपुर जिल्ला कार्य समितिका संयोजक सुमन गजुरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद पौडेल, सहायक प्रधानाध्यापक निशा खुलाल लगायतले विद्यार्थीहरुलाई शुभकामना दिँदै साहित्यिक रचना गर्न हौसला प्रदान गरे । महालक्ष्मी साहित्य समाजका सदस्यहरु विष्णु थापा र निरा श्रेष्ठले आफ्नो कविता वाचन गरे भने निर्णायकहरुको तर्फबाट बोल्दै नेपाली शिक्षक शालिकराम तिमिल्सिनाले विद्यार्थीहरुलाई लेखाईलाई निरन्तरता दिन आग्रह गरे । 

महालक्ष्मी साहित्य समाजका सचिब बासु गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रममा लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनका प्रेसिडेन्ट लायन राम पण्डितले सहयोग गर्ने सबैलाई धन्यवाद दिए । 

कार्यक्रममा महालक्ष्मी साहित्य समाजका उपाध्यक्ष वरिष्ठ कलाकार सुशिल पोखरेल, लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे का मिडिया चिफ लायन पुरुषोत्तम बस्नेत, डिष्ट्रिक्ट चियरपर्सन लायन रेनु रानामगर, महालक्ष्मी साहित्य समाजका कोषाध्यक्ष जमुना रानामगर, सदस्य पवित्रा अधिकारी, सदस्य तथा लायन्स क्लब अफ काठमाडौं ललित मण्डलाका पाष्ट प्रेसिडेन्ट लायन पुस्कर थापा, लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनका पास्ट प्रेसिडेन्ट लायन उमेश कुमार पाण्डे, कोषाध्यक्ष लायन ध्रुर्ब बर्तौला खत्री लगायत सञ्चारकर्मीहरु, विद्यालयका शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुको उपस्थिति थियो । 
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update