Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहको उपनिर्वाचन : मतदाता नामावली दर्ता सुरू, कहा–कहाँ हुँदै छ चुनाव ? (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त ३४ पदको उपनिर्वाचनको तयारी थालेको छ । केही दिनअघि सरकारसँग छलफल गरेको आयोगले तयारी थालेको हो । रिक्त भएका पालिका प्रमुख ३, उपप्रमुख ३ र वडा अध्यक्ष २८ पदमा उपनिर्वाचन हुन लागेको हो । 

२०७९ साल वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनपछि विभिन्न कारणले देशभरका नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडाअध्यक्ष गरी ३४ पद रिक्त हुन गएकाले उपनिर्वाचन गराउन लागिएको आयोगले भनेको छ । 

यसको तयारी स्वरुप निर्वाचन आयोगले मंगलबार नै सूचना निकालेर योग्यता पुगेका नेपाली नागरिकलाई प्रदेश तथा जिल्ला निर्वााचन कार्यालयमा अनलाइन फारम भरी मतदाता नामावली दर्ता गराउन आह्वान गरेको छ । याेसँगै बुधबारदेखि मतदाता नामावली स‌ंकलन कार्य सुरु भएकाे छ । 

निर्वाचन मिति तोकिएपछि मतदाता नामावली दर्ता प्रक्रिया रोकिने भएकाले समयमै आफ्नो नाम दर्ता गर्न आयोगले भनेको छ । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update