Odapalika - The Fourth Estate - चौथो अंग
प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित 

काठमाडौँ । प्रतिनिधिसभाले संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी विधेयक पारित गरेको छ । 

बुधबार प्रतिनिधिसभाले दफावार छलफलपछि ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग,  २०८१ (तेस्रो संशोधन) विधेयकलाई संशोधन गर्न बनेको विधेयक’लाई पारित गरेको हो । 

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेका हुन् । सो विधेयकलाई २०७९ फागुन २५ मा प्रतिनिधिसभामा दर्ता गरिएको थियो । 

प्रतिनिधि सभाबाट पारित भएको सो विधेयक अब राष्ट्रिय सभामा पठाइन्छ । राष्ट्रिय सभाबाट पारित भएर पुनः प्रतिनिधिसभामा आएपछि सभामुखले प्रमणित गरेर प्रमणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइन्छ । राष्ट्रपतिले प्रमणीकरण गरेपछि कानुनको रुपमा सक्रिय हुन्छ । 
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update