Odapalika - The Fourth Estate - चौथो अंग
धरानका मेयरलाई फेरि अदालतको अंकूश, भन्योः अर्काको जग्गामा जबर्जस्ती नगर्नू 

काठमाडाैँ । उच्च अदातल विराटनगरले व्यक्तिको जग्गामा जर्वजस्ती हस्तक्षेप नगर्न र जग्गाधनीलाई धरपकड नगर्न धरान उपमहानगरपाकिला र यसका मेयर हर्क साम्पाङको नाममा आदेश दिएको छ । 

उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीले दायर गरेको रिटमा सुनवाई गर्दै यस्तो आदेश दिएको हो । 

उनीहरुले व्यीक्तको जमिनमा नगरपाकिलाले जर्वजस्ती गरेको भन्दै तत्काल रोक्न र धरान नगरपालिकाले आफ्नो जग्गामा गरिरहेको बृक्षारोपण रोक्न अन्तरिम आदेशको माग गरेका थिए । 

धरान ४ स्थित छोटी मोरङ डाँडामा रहेको अधिकारी दम्पत्तिको जग्गामा  मेयर साम्पाङसहितको नगरपालिकाको टोली र स्थानीयले सर्दु जलाधार क्षेत्रको जग्गा भन्दै  बिरूवा लगाएपछि विवाद सुरू भएको थियो । 

गत ६ साउनमा मेयरले व्यक्तिगत जमिनमा जबरजस्ती गरेको, पाराग्लाइडिङको उडानस्थलमै बिरूवा रोपेर असर पारेको भन्दै अधिकारी दम्पत्तिले अदालतमा रिट दायर गरेका थिए । 

यो रिटमा ११ साउनमा नैे उच्च अदालत, विराटनगरका न्यायाधीश मिलनकुमार राईको इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त जग्गामा अनधिकृत रूपमा प्रवेश नगर्न, वृक्षरोपण नगर्न आदेश दिएको थियो । 

आदेशपछि पनि नगरपालिकाले घर भत्काइदिने धम्की दिएको भन्दै अधिकारीले पुनः रिट दर्ता गरेका थिए । घर भतकाउने सन्दर्भबाट सुरू भएको विवादको भिडिो अहिले सामाजिक सञ्जालहरुमा भइरल भइरहेका छन् । 

यो घटनापछि मेयर साम्पाङले पनि आफुमाथि दुव्यवहार भएको भन्दै अधिकारी दम्पत्तिविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update