Odapalika - The Fourth Estate - चौथो अंग
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत 

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । 

बुधबार प्रदेशसभामा मुख्यमन्त्री शाहले विश्वासको मतसम्बन्धी राखेको प्रस्तावलाई दुई तिहाइ मतले पारित गरेको हो । ५३ सांसद रहेको प्रदेशसभा बैठकमा ४५ सांसद उपस्थित थिए । शाहको प्रस्तावको पक्षमा ३६ मत पर्दा विपक्षमा ८ मत परेको थियो । तटस्थमा १ मत परेको थियो ।

उनलाई कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जनाले विश्वासको मत दिएका हुन् ।

नेकपा एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका ४ जनाले विपक्षमा मतदान गरेका थिए । माओवादीका ६ सांसद उपस्थित भएनन् । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update