Odapalika - The Fourth Estate - चौथो अंग
आज दिनभर पानी, राति झन ठूलो पर्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले आज पनि देशभरजसो पानी पर्ने सम्भावना छ भनेको छ । 

वुधवार रातिदेखि परेको पानीले निरन्तरता पाउँदा आज राति यो क्रम झन वढ्नसक्ने विभागको अनुमान छ । आज दिउँसो हल्कादेखि मध्यम वर्षा हुँदा राति भारी वर्षा हुने उसको भनाइ छ । 

बिहान देशभर साधारणतया बदली हुँदा बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

आज राति ठूलो वर्षाका साथै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि हुन सक्ने भन्दै उसले सतर्क रहन भनेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update