Odapalika - The Fourth Estate - चौथो अंग
मध्य दिउँसो राहुकाल, १२ राशिलाई २० थरी लाभ 

आजको पञ्चाङ्ग 

तिथिः एकादशी । नक्षत्रः ज्येष्ठा । करणः वव । चन्द्रराशिः वृश्चिक । सूर्योदयः ५ः ३५ । सूर्यास्तः १८ः ४० । दिनमानः ३२ः ४३ घडी । राहुकालः दिनको १ः ३० देखि ३ः ०० बजेसम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

काममा अवरोध सिर्जना हुनेछ । आज भाग्यले साथ दिँदैन । नरमाइलो अनुभूति भइरहला । स्वास्थ्यमा पनि समस्या झेल्नुपर्नेछ । कसैको साथ नरहला । 

वृष ( इ उ ए ओ बा बि बु बे बो )

परिवारको सहयोगले सबै काम बन्नेछ । रमाइलो अनि सुखद यात्रा हुनेछ । आपूmले गरेको कर्मप्रति गर्व प्राप्त हुनेछ । मन शान्त रहनेछ ।

मिथुन (का कि कु घ ङ छ के को ह )

आत्मबलमा गिरावट आउनेछ ।  मन खिन्न रहला । मान,सम्मानमा आँच आउला । चोटपटक र शत्रुदेखि सतर्क रहनु पर्ने देखिन्छ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो )

आजको दिन रमाइलो हुनेछ । भाग्योदय बृद्धि हुने, आकस्मिक लाभ हुनेछ । खर्चको उचित व्यवस्थापनमा ध्यान जानेछ ।

सिंह (मा मि मु मे मो टा टि टु टे )

बुबाआमा तथा परिवारबाट सहयोग पूरा हुनेछ । तपाईँको मान, सम्मान हुनेछ । नयाँ योजनाहरु स्थापित हुनेछन्  । मित्र भेट हुने देखिन्छ ।

कन्या (टो प पि पु ष ण ठ पे पो )

कुनै चिठ्ठा वा पुरस्कार प्राप्त होला । इष्टमित्रसँग भेटघाट हुनेछ ।  धनप्राप्ति हुनेछ । सन्तानको खुशीले तनाव हट्नेछ ।  

तुला (र रि रु रे रो ता ति तु ते ) 

तपाईँको काम बन्ने देखिदैन । फजुलमा खर्च हुनेछ । आजको दिन मन अस्थिर र चञ्चल रहला । सोचेभन्दा बढी खर्च हुनेछ । बसेको स्थान छोड्नु पर्ला । 

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

मान सम्मानले तपाईँको खुसीको सीमा रहनेछैन । हरेक कुरामा साथीहरुको साथ रहनेछ । सही ठाउँमा आवश्यक मात्र खर्च हुनेछ ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

आजको दिन बोलीमा माधुर्यता आउनेछ । यात्राबाट लाभ हुनेछ । मनोरञ्जनपूर्ण दिन बित्ने देखिन्छ । खर्चभन्दा आम्दानी बढी हुनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

पराक्रमबाट धन प्राप्त हुनेछ । दुःख दिनेहरु आफन्त नै हुनेछन् । समस्या भने सुल्झिनेछ । धैर्यताले काम गर्नुपर्ला ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

माताको आज्ञाले काम पूर्ण हुनेछ । बोलीमा माधुर्यता आउनेछ । यात्राबाट सामान्य लाभ हुनेछ ।  खर्चभन्दा आम्दानी नै बढी हुनेछ । 

मीन ( दि दु थ झ ञ दे दो चा ची ) 

सन्तानको सफलताले मन उत्साहित हुनेछ । नयाँ कामको सुरु गर्नु उचित हुनेछ । धार्मिक यात्राले मन प्रशन्न हुनेछ । विद्यामा सफलता देखिन्छ ।


 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update