Odapalika - The Fourth Estate - चौथो अंग
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ। बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुनेछ । 

दिउँसो ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेश तथा प्रतिवेदन माथि छलफल हुनेछ ।

त्यस्तै दिउँसो ३ बजे नै बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) बैठकमा समितिको सभापति पदको निर्वाचन सम्बन्धमा छलफल हुनेछ । 

यस्तै  दिउँसो ३ बजे नै बस्ने संसदीय सुनुवाइ समितिमा पनि समितिको सभापति पदको निर्वाचन सम्बन्धमा छलफल हुनेछ ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update