Odapalika - The Fourth Estate - चौथो अंग
बागमती प्रदेशमा ४० कर्मचारी सातौं तहमा बढुवा, १०० अंक ल्याउँदा पनि किन सिफारिस भएनन् यी १७ जना ?

काठमाडौँ । बागमती प्रदेश लोकसेवा आयोगले जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमताको मूल्यांकनका आधारमा ४० जना कर्मचारीलाई बढुवाको लागि सिफारिस गरेको छ ।

सिफारिस भएका ती कर्मचारी अब अधिकृत/सातौं तहका हुनेछन् ।

आयोगले गत वर्ष सुचना प्रकाशन गरेको थियो । सो सुचना अनुसार जेष्ठता र कार्यसम्पादन मूल्यांकनको लागि १०७ जना कर्मचारी उम्मेदवार थिए । यसमध्ये सम्भाव्य उम्मेदवार ८६ जना थिए । प्रदेश लोकसेवा आयोगले ती ८६ जना कर्मचारीको जेष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा योग्यताक्रम प्रकाशन गरेको थियो । अहिले तीमध्येबाट २२ जना उम्मेदवार बढुवाको लागि सिफारिस भएका हुन् । 

यसरी सिफारिस भएका कर्मचारीहरुमा १ नम्बरमा बीरबहादुर खत्री छन् भने दोस्रो, तेस्रो र चौथो नम्बरमा क्रमशः प्रकाश खड्का, प्रेमप्रसाद ढकाल र कृष्णप्रसाद आचार्य छन् ।

यस्तै, कार्यक्षमताको मूल्याकनका आधारमा १८ जना कर्मचारी अधिकृत सातौंमा बढुवा भएका छन् । यो पदमा १०७ जना कर्मचारीले उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिएकामध्ये ८७ जना कर्मचारी सम्भाव्य उम्मेदवार रहेका थिए ।

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रकाशन गरेको सुचना अनुसार ती ८७ जनामध्ये १८ जना कर्मचारी अधिकृत सातौंमा बढुवाका लागि सिफारिस भएका छन् । कार्यक्षमता मूल्यांकनमा ३५ जना कर्मचारीले शतप्रतिशत अंक ल्याएपनि १८ जना मात्रै सिफारिस भएका हुन् । सो पदमा जम्मा १८ जनाको लागि मात्रै उम्मेदवारी माग भएकोले योग्यताक्रमका आधारमा बढुवा सिफारिस गरिएको हो ।

सिफारिस भएको योग्यताक्रममा पहिलो नम्बरमा सिताराम घिमिरे परेका छन् । यस्तै, दोस्रो, तेस्रो र चौथो नम्बरमा क्रमशः त्रिपुरारी बख्रेल, यादव प्रसाद पन्थी,र भरत शर्मा रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update