Odapalika - The Fourth Estate - चौथो अंग
कर्मचारी संयन्त्रमा अख्तियार आतंक देखिन्छः प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारी संयन्त्रमा अख्तियार आतंक देखिएको बताएका छन् ।

प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा आफ्नो धारणा राख्दै पूर्वप्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आफू प्रधानमन्त्री भएको समयमा कर्मचारी संयन्त्रमा अख्तिायार आतंक आफूले महसुस गरेको र सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई बोलाएर छलफल पनि गरेको उनले सम्झिए ।

‘कर्मचारी संयन्त्रमा अख्तियार आतंक छ । केही गरे अख्तियारले समाउँछ भन्ने त्रास रहेको मैले महसुस गरेको छु । यस्ता विषयमा मैले अख्तियारका प्रमुखसँग पटक पटक छलफल गरेको पनि छु । अख्तियार र कर्मचारी संयन्त्रको अन्तरविरोधले शासन जाम हुने हो कि भन्नेसम्मको अवस्था सिर्जना भएको छ,’ उनले भने ।

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धेरै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । पछिल्लो समय चर्चित रहेको गोदावरी नगरपालिकाका मेयर, उपमेयर र विभिन्न समयमा ४ जना प्रमुख प्रशासकीय अधिकृतलाई भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतले अभियुक्तहरुलाई सफाइ दिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update