Odapalika - The Fourth Estate - चौथो अंग
ट्रकले स्कुटरलाई ठक्कर दिएपछि गठ्ठाघर तनावपूर्ण, राजमार्ग ठप्प

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा एक ट्रकले स्कुटर चालकलाई ठक्कर दिएको छ।

विहीबार (आज) कौशलटारबाट थिमितिर जादै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटर चालक चेपिएका थिए ।

ट्रकको ठक्करबाट चेपिएको स्कुटरलाई क्रेन प्रयोग गरी निकालिएको थियो ।

सो घटनापछि गठ्ठाघर क्षेत्र तनावपूर्ण भएको छ । अहिले प्रदर्शनकारीले अरनिको राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन् । घटनास्थलमै रहेको ट्रकमा तोडफोड गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update