Odapalika - The Fourth Estate - चौथो अंग
कन्चनरुप नगरपालिकालाई चाहियो शिक्षक र नगरप्रहरी, कतिजना राख्ने भन्ने उसलाई नै थाहा छैन

काठमाडौँ । सप्तरीको कञ्चनरूप नगरपालिकाले शिक्षक र नगर प्रहरीका लागि दरखास्त आह्वान गरेको छ । बिहीबार सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सच्याइएको भनिएको सार्वजनिक सूचनामा शिक्षकको आवश्यक संख्या नतोकी र नगर प्रहरीको आवश्यक संख्या तोकेर नगरपालिकाले दरखास्त आह्वान गरेको हो । 

बजेटको सुनिश्चितता नभएका कारण संख्या नतोकी दरखास्त आह्वान गरिएको कञ्चनरूप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामनारायण साहले जानकारी दिए ।

‘अहिले पारिश्रमिकका लागि रकम सुनिश्चित भइसकेको छैन । यसकारण संख्या नतोकी कर्मचारी मागिएको हो,’ उनले वडापालिकासँग भने । 

आधारभूत तह प्रथम, आधारभूत तह दोस्रो (अंग्रेजी/नेपाली/गणित/विज्ञान/सामाजिक) र माध्यामिक तह (अंग्रेजी/नेपाली/गणित/विज्ञान/सामाजिक)का लागि संख्या नतोकेर दरखास्त आह्वान गरेको नगरपालिकाले नगर प्रहरी जवानमा खुलाबाट २ जनाका लागि दरखास्त मागेको छ ।

शिक्षकको पद सेवा, समूह र तहमा स्वयंसेवक शिक्षक भनिएको छ । यसअघि १५ दिनको समय निकालिएको दरखास्त सूचनालाई बिहीबार पुनः सच्याएर मागिएको प्रमुख प्रशासकीय अधिकृत साहले बताए । 

शिक्षकको संख्या पछि तोकिने उनले बताए । बजेटको सुनिश्चित गरेर संख्या तोक्ने उनले बताए ।

‘अहिले बजेट सुनिश्चित नभएकाले संख्या तोकिएन । पछि कार्यपालिका बैठक बसेर बजेटको सुनिश्चितसँगै शिक्षकको आवश्यक संख्या तोक्नेछौँ,’ उनले भने । 

notic-kanchanrup-1723718364.jpeg

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update