Odapalika - The Fourth Estate - चौथो अंग
इन्द्रजात्रामा लिटिल स्टार नेपाल भाषा गीत प्रतियोगिता हुने 

ललितपुर । ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले इन्द्रजात्राको अवसरमा ‘लिटिल स्टार नेपाल भाषा गीत प्रतियोगिता’ गर्ने भएको छ । 

पाटन दरवार क्षेत्रको भण्डारखाल बगैचामा ११ असोजमा  प्रतियोगिता आयोजना हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ । 

प्रतियोगितामा प्रथम हुने प्रतियोगी समूहलाई १ लाख नगदसहित ट्रफि, प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीयलाई ७५ हजार, तृतीय ५० हजार र सान्त्वनालाई २५ हजार रुपैयाँसहित ट्रफि, प्रमाणपत्र प्रदान गरिनेछ । सर्वोत्कृष्ट गायक, संगीतकार तथा रचनाकारलाई पनि २५ हजार नगदसहित ट्रफि, प्रमाणपत्र प्रदान गरिनेछ । 

प्रतियोगितामा वरिष्ठ कलाकारर ब्यक्तित्वलाई ‘ललितरत्न’ उपाधिसहित सम्मान गरिने पनि आयोजकले जनाएको छ । 

प्रतियोगीहरुले आफ्नो गीतको रकर्ड फारामसहित दर्ता गराउनु पर्नेछ । उक्त रेकर्डमार्फत छनौट भएकाहरु अडिसन राउण्डमा प्रस्तुत गर्नेछन् भने अडिसन राउण्डबाट छनौट भएकाहरु लिटिल स्टार गीत प्रतियोगितामा सहभागी हुने छन् ।

प्रतियोगितामा सहभागी हुन कम्तीमा ४ जना वाद्यवादक संगीतकारहरुको साथमा गीत प्रस्तुत गर्नुपर्ने नियम पनि राखिएको छ । प्रतियोगितामा सहभागी हुन आजैबाट फाराम बुझाउन सकिने पनि आयोजकले जनाएको छ ।

लिटिल स्टार रेकर्ड प्रमुख प्रायोजक रहेको सो प्रतियोगिताको सहयोगीमा पाटन म्यूजियम छ । नेवाः भोजसहितको यो प्रतियोगिता कार्यक्रमको जानकारी कलाकार समितिको फेसबुक पेजबाट लिन सकिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update