Odapalika - The Fourth Estate - चौथो अंग
कोटीहोम सकिएपछि पशुपतिमा तनाव, विजय कृष्णमुर्तिले दिए भड्काउनपूर्ण अभिव्यक्ति

काठमाडौँ । साउन महिनाभर भएको पशुपतिको कोटीहोम सकिएकै दिन तनाव सिर्जना भएको छ ।

कोटीहोम सकिएको दिन साधा पोशाकमा प्रहरी आएर कोटीहोम आयोजक विजयकृष्णमुक्तिलाई पक्राउ गर्न खोजेको भन्दै उनका समर्थकले प्रतिकार गरेका छन् । स्वयम् विजयकृष्णमुर्तिले सामाजिक संजाल फेसबुकमा लाइभ गर्दै सबै भक्तजनलाई पशुपतिमा आउन र प्रहरीको प्रतिकार गर्न आव्हान गरेका छन् ।

उनले पशुपति क्षेत्र अब रणमैदान भएको, नेपालमा पनि बंगलादेशको जस्तै विद्रोह सुरु भएको जस्ता भड्काउपूर्ण अभिव्यक्ति दिएका छन् । अहिले सो स्थानमा तनाव भइरहेको छ । उनको फेसबुक लाइभमा उनका समर्थकले अपशब्द बोलेका जस्तो पनि सुनिन्छ भने स्वयम् विजयकृष्णमुर्तिले चोर जस्ता शब्द प्रयोग गरेका छन् ।

सो स्थानमा सादा पोशाकमा नेपाल प्रहरीका केही अधिकारी पुगेको काठमाडौँ प्रहरीका एसएसपी वसन्त रजौरेले बताए । विजय केष्णमुर्तिसँग केही सोधपुछ गर्नुपर्ने भएकोले साधा पोशाकमा प्रहरी पुगेको उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  २३:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update