Odapalika - The Fourth Estate - चौथो अंग
बागमती प्रदेशमा मंगलबार सार्वजनिक बिदा 

काठमाडौँ । प्रादेशिक सरकारले बागमती प्रदेशमा मंगलबार सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेशअन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालयले गाईजात्रा पर्वको अवसरमा भदौ ४ गते मंगलबार सार्वजनिक बिदा दिएको मन्त्रालयका सूचना अधिकारी रबिता कार्कीले जानकारी दिइन् । 

उनका अनुसार गएको साउन ३२ गते बसेको प्रादेशिक मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशमा नेवार समुदायले ऐतिहासिक तथा धार्मिकरुपमा मनाइने गाईजात्रा पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

‘बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८१ ।०४ । ३२ गतेको बैठकबाट बागमती प्रदेशमा नेवार समुदायले ऐतिहासिक तथा धार्मिकरुपमा मनाइने गाईजात्रा पर्वको उपलक्ष्यमा सम्वत् २०८१ साल भदौ ०४ गते मंगलबारका दिन बागमती प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ आइतबार मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । 

454173294_1594746638108164_899023994606684690_n-1723966313.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update