Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री रोजगार कार्यक्रमः ५० दिन सीपमूलक तालिम अनिवार्य, यस्ता छन् २६ बुँदे मार्गदर्शन 

काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीय तहमार्फत संचालन हुँर्दैै आएको सय दिने रोजगारी कार्यक्रम अन्तरगत ५० दिन अनिवार्य सीपमूलक तालिम दिनुपर्ने भएको छ । 

संघीय सरकारले स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत न्यूनतम सय दिने रोजगारी कार्यक्रम संचालन गर्दै आएको छ । कार्यक्रमको प्रभावकारितामाथि विभिन्न अध्ययनले प्रश्न उठाएपछि संघीय सरकारले ५० दिन सीपमूलक तालिम अनिवार्य गरेको हो । 

यो कार्यक्रमका लागि बजेट तथा कार्यक्रम कार्यान्वयन मार्गदर्शन जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले स्थानीय तहलाई २६ बुँदे मार्गदर्शन जारी गरेको हो । 

स्थानीय तहमा रोजगार संयोजक राखेर सरकारले यो कार्यक्रम संचालन गर्दै आएको छ । सरकारले स्थानीय तहलाई यसका लागि नगद अनुदान र शोधभर्नामा आधारित ऋण सहायता उपलव्ध गराउँदै आएको छ । 

यो मार्गदर्शनमा श्रोत, बजेट खर्च, कार्यक्रम तय गर्नेदेखि लिएर कार्यान्वयन कसरी गर्ने उल्लेख छ । स्थानीय तहले बिनियोजित बजेटमध्येबाट ४० जना सूचीकृत बेरोजगारलाई ५० दिनको सीप तथा जीवनउपयोगी तालिम दिएरम मात्र रोजगारमा खटाउनुपर्ने व्यवस्था गरिउको छ । 

हेर्नुहोस् यस्तो छ मार्गदर्शन 


 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update