Odapalika - The Fourth Estate - चौथो अंग
कागेश्वरीमा कवितालेखन कार्यशाला

 

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्यार्थीका लागि कवितालेखन कार्यशाला सम्पन्न गरेको छ ।

शुक्रबार विद्यालयमा आयोजित कार्यशालामा साहित्यकारहरू रूपक अलङ्कार र घनेन्द्र ओझाले बाल कवितालेखनबारे प्रशिक्षण दिएका थिए ।

kagishwari (1)1692966135.jpg

बालकवितामा प्रयोग हुन सक्ने बालोरी, बालगीति, सवाई र झ्याउरे छन्दबारे कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको विद्यालयका प्राचार्य रामेश्वर दाहालले बताए ।

उनले यो सुरुआत मात्र भएको र आगामी दिनमा यस्ता विशेष कार्यक्रम क्यालेन्डर बनाएरै निरन्तर गरिने जानकारी दिए ।

प्रशिक्षक रूपक अलङ्कारले यस विद्यालयका विद्यार्थीमा सिक्ने चाहना र जिज्ञासा बढी पाइएको हुँदा विषय छिटै बुझेका बताए । अभ्यासका क्रममा केही विद्यार्थीमा राम्रो प्रतिभा देखिएको उनको भनाइ छ ।

kagishwari (3)1692966135.jpg

अर्का प्रशिक्षक घनेन्द्र ओझाले प्रतिभा भएर पनि त्यसलाई बाहिर ल्याउने अवसर नभए प्रतिभा खेर जाने हुँदा विद्यालयले यस्ता कार्यक्रम गर्दा विद्यार्थीको प्रतिभा चिन्न र प्रस्फुटन गराउन सजिलो हुने भन्दै विद्यालयलाई धन्यवाद दिए ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update